दफा
कार्यकारी समितिको गठन

(१) परिषद्को कार्य सञ्चालनको निमित्त देहाय बमोजिमका सदस्यहरू रहेको एउटा कार्यकारी समिति गठन हुनेछः–

(क) स्वास्थ्य सम्बन्धी अध्ययन तथा अनुसन्धानमा अनुभव प्राप्त आधुनिक चिकित्सा प्रणाली तथा आयुर्वेदिक चिकित्सा प्रणालीका चिकित्सकहरू मध्येबाट नेपाल सरकारद्वारा मनोनीत सातजना व्यक्ति – सदस्य

(ख) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य

(ग) प्रतिनिधि, राष्ट्रिय योजना आयोग – सदस्य

“(घ) प्रतिनिधि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय   – सदस्य”

(ङ) प्रमुख, अनुसन्धान समिति, चिकित्सा शास्त्र अध्ययन संस्थान – सदस्य

(च) अध्यक्ष, नेपाल मेडिकल काउन्सिल – सदस्य

(छ) नेपाल सरकारले तोकेको एकजना व्यक्ति – सदस्य–सचिव

(२) नेपाल सरकारले उपदफा (१) को खण्ड (क) बमोजिम मनोनीत सदस्यहरू मध्येबाटएकजना अध्यक्ष तथा एकजना उपाध्यक्ष तोकिदिनेछ ।

(३) समितिका मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र निजहरू पुन मनोनीत हुन सक्नेछन्।

(४) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी समितिका सदस्यहरूमा आवश्यक थप घट वा हेरफेर गर्न सक्नेछ ।